Alice in Wonderland is an upcoming fantasy-adventure film directed by Tim Burton. It is an extension to the Lewis Carroll novels Alice’s Adventures in Wonderland and Through the Looking-Glass. The film will use a [...]
संघीय राज्यमा मातृभाषाहरूलाई स्थानीय कामकाजको भाषा मान्यता पाउनुपर्ने भाषाविद् प्रा. डा. योगेन्द्रप्रसाद यादवले बताएका छन्। उनले भने, नेपालमा स्थानीय भाषाको रुपमा मातृभाषा, सम्पर्क भाषाको रुपमा नेपाली र अन्तर्राष्टिय रुपमा अंग्रेजी भाषा गरी तीन तहको भाषा प्रयोग गर्नुपर्छ। बुङ्वाखाको ५० औं (स्वर्ण) अंक प्रकाशनको अवसरमा आयोजित भाषिक विचारगोष्ठीमा उनले उक्त विचार व्यक्त गरेका हुन्। उक्त कार्यक्रममा पदम राईले बान्तावा भाषाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि भाषाविद् अमृत योञ्जन(तामाङले टिप्पणी गरेका थिए। उनले निकट भविष्यमा नेपाल सरकारको बहुभाषिक शिक्षा कार्यक्रम लागू गर्न लागेकोमा अभिभावकहरूले आङ्गना नानीहरूलाई आङ्गनो मातृभाषामा शिक्षा दिने अवसर सदुपयोग गर्न आग्रह गरे। आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलका सदस्य ईच्छा पूर्ण राईले सूचीकरणको लागि छुट्टाछुट्टै माग गर्नु भन्दा पनि किरातीहरूले एक ढिक्का भएर किरात राज्यको माग गर्नुपर्ने बताए। लिम्बू र बान्तावा भाषामा धेरै समानता भएको कुरा डा. गोविन्दबहादुर तुम्बाहाङले बताएका थिए। उनले भने, लिम्बू र राई सुरुमा एउटै थिए। लादिप्माको विमोचन बान्तावा भाषाको पहिलो कवितासङ्ग्रह लादिप्मा(चन्द्रमा) विमोचन भएको छ। भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. योगेन्द्रप्रसाद यादवले उक्त कृति विमोचन गरेका हुन्। पदम राईर्ारा लिखित उक्त कवितासङ्ग्रहमा २८ वटा बान्तावा भाषाका कविताहरू सङ्ग्रहित छन्।
Tags:
Share this post:
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment